|

मकवानपुर : हेटौंडा उपमहानगरपालिकामा-४ को मतगणनाको क्रममा मतपत्रमा ‘नो भोट’ लेखेको भेटिएको छ। संविधानमा ‘नो भोट’ को प्रावधान भए पनि राजनीतिक दलहरूसहित सरकार उक्त संवैधानिक प्रावधान कार्यान्वयन गर्न आनाकानी गर्दै आएका वेला हेटौंडा उपमहानगरका मतदाताले मतपत्रमा हातैले लेखेर ‘नो भोट’ गरेका हुन्।

हिजो (मंगलबार) पनि उक्त वडाको मत गणना गर्दा ‘नो भोट’ लेखेको मतपत्र भेटिएको थियो। आज (बुधबार) पनि भेटिएको मतपत्रमा मार्करले ‘मेरो मत, चोर नेतालाई नो भोट’ भनेर लेखिएको छ।

मतगणनाको क्रममा यस्तो मतपत्र भेटिएपछि उम्मेदवारका प्रतिनिधिहरूमाझ हाँसो फुटेको थियो। उनीहरूले नो भोटलाई हाँसेर उडाउनुले भने लोकतन्त्रको मजाक उडाएको छनक दिएको छ।  मकवानपुरमा स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.