|

इलाम : इलामको देउमाई नगरपालिकाको नगरप्रमुख र उपप्रमुख दुबै पद नेकपा एमालेले जितेको छ। नगर प्रमुखमा सूर्य पोखरेल ८६९५ मत र उपप्रमुखमा पबिमाया राई ८५६३ मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा समेत दुवै जना विजयी भएका थिए।

गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेसका होम दुलालले ७६२२ मत र उपप्रमुख माओवादी केन्द्रका राम राईले ५७६५ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.