|

विराटनगर : विराटनगर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले करिब ४ हजार मतको अग्रता लिएका छन्। उनले १५ हजार ४३० मत पाएका छन्। 

महानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार सागर थापाले ११ हजार ४९३ मत पाएका छन्। एमालेका थापाले कांग्रेसका कोइरालालाई पछ्याइरहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार उमेश यादव रहेका छन्। यादवले ४ हजार ८०७ मत पाएका छन्।

उपप्रमुखमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले ६ हजार मतको अग्रता लिएकी छन्। उनले १३ हजार  १७९ मत पाउँदा गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले ७ हजार ९४६ मत पाएका छन्। राप्रपाका उम्मेदवार विन्दाकुमारी लुइँटेल आचार्यले ३ हजार ७७९ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.