|

रुकुम (पूर्व) :पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन्। बुधबार आज पुथाउत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको कार्यालयमा शपथ ग्रहण गरेका हुन्। 

मंगलबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए। मंगलबार गाउँपालिका अध्यक्ष घर्तीले शपथ ग्रहण गरेसँगै बुधबार आज गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलाई शपथ ग्रहण गराएका हुन्। 

१४ वटा वडा रहेको यस गाउँपालिकामा पालिका अध्यक्ष, उपाध्यक्ष सहित ११ वटा वडा माओवादी केन्द्रले जितेको छ भने २ एमाले र १ नेपाली कांग्रेसले जितेको छ। यसैगरी सिस्ने गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बिहीबार शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.