|

धनकुटा : सात स्थानीय तह रहेको धनकुटामा एक नगर प्रमुख र एक गाउँपालिका अध्यक्ष स्थानीय तहको निर्वाचनमा दोहाेरिएका छन्। धनकुटा नगरपालिका प्रमुख र सहिदभूमि गाउँपालिका अध्यक्ष पुनः दोहाेरिएका हुन्।

२०७४ को निर्वाचनमा निर्वाचित धनकुटा नगरका प्रमुख चिन्तन तामाङ र सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई यस पटकको निर्वाचनमा पनि निर्वाचित भएका छन्। यस्तै एक जना उपप्रमुख तथा एक उपाध्यक्ष पुनः दोहोरिएका हुन्।

२०७४ को निर्वाचनमा निर्वाचित महालक्ष्मी नगर उपप्रमुख मञ्जु कार्की अधिकारी र सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई यस पटकको निर्वाचनमा पनि निर्वाचित भएका छन्।

२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिका–२ बाट वडा अध्यक्षमा निर्वाचित ध्रुवराज राया यस पटक नगरपालिका प्रमुखमा निर्वाचित भएका छन्। पाख्रिबास नगरपालिकाबाट २०७४ को निर्वाचनमा उपप्रमुखमा पराजित ज्ञानबहादुर गुरुङ गठबन्धनबाट यस पटक प्रमुखमा विजयी भएका छन्। उपप्रमुख नम्रता देउजा नयाँ अनुहार हुन्।

साँगुरीगढी गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा पराजित जितेन्द्र रुम्दाली राई यसपटक निर्वाचित भएका छन्। उपाध्यक्षमा निर्वाचित मुना राई नयाँ अनुहार हुन्। चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ र उपाध्यक्ष टंक माया पाङ्मी मगर नयाँ अनुहार हुन्।

धनकुटा नगरपालिकामा उपप्रमुख भीमा खनाल पनि नयाँ अनुहार हुन्। छथर जोरपाटी गाउँपालिकामा अध्यक्ष छत्र सुब्बा र उपाध्यक्ष गीता खेवा नयाँ अनुहार हुन्।
महालक्ष्मी नगरपालिका १ मा टेकबहादुर गुरुङ, ८ का रामबहादुर खड्का पुन: वडा अध्यक्षमा विजयी भएका हुन्।

त्यसैगरी छथर जोरपाटी गाउँपालिका–३ मा टेकबहादुर घिसिङ, वडा नं. ४ मा ज्ञानबहादुर लिम्बूले दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गरेका हुन्।

पाख्रिबास नगरपालिका–३ मा हरिबहादुर खत्री पुन: निर्वाचित भएका हुन्। धनकुटा नगरपालिकामा–२ मा चन्द्रलाल तामाङ, ३ मा विकास घिमिरे, ४ मा जमशेर राई, ५ मा धनकुमार राई पुन: निर्वाचित भएका छन्।

त्यसैगरी साँगुरीगढी गाउँपालिका–६ मा यमप्रकाश मगर, वडा नं. ७ मा पूर्णप्रसाद राई, वडा नं. ९ मा जीतबहादुर राई र वडा नंं. १० अमा एकबहादुर राई दोहोरिएका हुन्।

चौविसे गाउँपालिकामा वडा नं. ८ मा धनबहादुर लिम्बू दोहोरिएका छन्। सहिदभूमि गाउँपालिका वडा नंं. ६ मा हेमकुमार राई र वडा नं. ७ मा बमबहादुर राई पुन विजयी भएका हुन्।

दोहोरिएका दुई गाउँपालिका अध्यक्षले दोस्रो पटक भने हार व्यहोर्नु पारेको छ। छथर जोरपाटी गाउँपालिकामा शेरबहादुर लिम्बू र साँगुरीगढी गाउँपालिकामा कुमारजंग याखा यसपटक अध्यक्षमा पराजित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.