|

सर्लाही : सर्लाहीको बाँके जंगलमा पूर्व–पश्चिम राजमार्गमा माछा बोक्ने बलेरो पिकअपले यात्रुबसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नम्बरको पिकअपले बुधबार दिउँसो विपरीत दिशाबाट आइरहेको ना. ५ ख ५५१५ नम्बरको यात्रुबसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। आफ्नै साइडमा गुडिरहेको बसलाई तीव्र गतिको पिकअपले ठक्कर दिएको र पिकअपबाट जोगिन खोज्दा यात्रुबस पल्टिएको हो।

बसले च्याप्पिएर सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको छ। बसका चालक विदुर निरौला सहित १२ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनायो। घाइतेहरूको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ।

बससँग ठोक्किएको पिकअप भ्यान उछिट्टएर जंगलभित्रै पुगेको छ। प्रहरीका अनुसार पिकअपका चालक फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.