|

काठमाडौंः 'दबंग टुर रिलोडेड' नामक साँस्कृतिक कार्यक्रममा नेपाल आउने तयारीमा रहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस आउन नपाउने भएकी छिन्। अदालतमा चलिरहेको मनी लाउन्ड्रिङ(सम्पत्ति शुद्धीकरण) मुद्दाका कारण ज्याकलिन नआउने भएकी हुन्।  

ठगी मुद्दामा पक्राउ परेका सुकेशचन्द्र शेखरसँग नाम जोडिएपछि ज्याकलिनमाथि पनि प्रहरी तथा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरेको थियो। सुकेशले ७ करोड भारतीय रूपैयाँभन्दा बढी रकम ज्याकलिनमाथि खर्च गरेको यसअघि नै पुष्टि भइसकेको थियो। जसअनुसार ज्याकलिनको ७ करोड २७ बराबरको सम्पत्ति जफत गरिएको थियो।

अदालतमा चलिरहेको उक्त केसका कारण ज्याकलिनको विदेश भ्रमणमा रोक लगाइएको छ। भारतीय सञ्चारमाध्यम अनुसार केही दिनअघि उनले नेपाल, युएई र फ्रान्स यात्राका लागि अनुमति पाउँ भन्दै अदालतमा निवेदन पेश गरेकी थिइन्। अदालतले कुनै प्रतिक्रिया नदिएपछि उनी आफैँले उक्त निवेदन फिर्ता लिएकी छन्। 

जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने दबंग टुर रिलोडेड कार्यक्रमका लागि ज्याकलिन पनि नेपाल आउने कुरा थियो। उक्त कार्यक्रमको मुख्य आकर्षण बलिउड अभिनेता सलमान खान हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.