|

विराटनगर : स्थानीय तहको चुनावपछि मत गणनाको समय विराटनगरवासीका लागि टाइमपासको बहाना बनेको छ। आफूले मत हालेका उम्मेदवारले जित्छन् कि जित्दैनन् र अरु को-को उम्मेदवारले जित्छन् र कसले हार्छन् भनेर गणनाको नतिजा सुन्न आतुर नगरवासीलाई १२ बजेको टन्टलापुर घामले पनि छेक्न सकेको छैन।

बिहानदेखि बेलुकी अबेरसम्म विराटनगरको शहीद रंगशालाको पर्खालदेखि नै सडकमा मानिसको कुइरीमण्डल घुँइचो हुन्छ। घरि मत परिणाम स्क्रिनबाट नियाल्छन्, त घरि  निर्वाचन आयोगको घोषणा सुन्न आदर्श माविको प्रवेशद्वार बाहिर दौडेर आउने गर्छन्।

विराटनगर–८ का करण बोखिम आफूले मत दिएको उम्मेदवारको नतिजा सुन्न आएको बताउँछन्। बिहानदेखि नतिजा सुन्न आएको बताउने उनी मत परिणामको बहाना टाइम पास जस्तो पनि भएको सुनाउँछन्।

‘म पनि हाम्रो वडाको वडाध्यक्षको उम्मेदवारको नतिजा सुन्न आएको हो। बिहानदेखि आएको हाम्रो वडाको मत गणना हुँदैछ अरे,’ उनी हाँस्दै थप्छन्,‘टाइमपास जस्तो पनि भएको छ।’

मत गणनाको परिणाम थाहा पाउन उत्सुक विराटनगरवासी (तस्वीर):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.