|

स्याङ्जा : चापाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले नगरप्रमुख निर्वाचित भएका हुन्।

उनले सात हजार ४९० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भइन्। उनले सात हजार ४१३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याइन्।

१० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा कांग्रेस तथा १, २, ७, ९ र १० मा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.