|

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जाइन्टले रोमाञ्चक जित निकालेको छ। गएराति मुम्बईमा भएको खेलमा लखनऊले कोलकाता नाइट राइडर्सविरुद्ध दुई रनको जित निकालेको हो।

लखनऊले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि श्रेयस् अयरले ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै नितिश रानाले ४२, रिन्कु सिंहले ४० तथा सामविलिङसले ३६ रन जोड्दा सुनिल नराइन २१ रनमा अविजित रहे।

लखनऊका मार्कुस स्टोनिस र मोसिनखानले ३–३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा विनाविकेटको क्षतिमा २१० रन बनाएको थियो। लखनऊका ओपनर क्विन्टन डी ककले अविजित १४० रनको शतकीय इनिङ खेले। यस्तै अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रनको अर्धशतकीय इनिङ खेले।

यो आईपीएल इतिहासकै कीर्तिमानी साझेदारी हो। कोलकाताविरुद्धको जितसँगै लखनऊ दोस्रो स्थानमा उक्लिएको छ। १४ खेलमा १८ अंक जोडेको लखनऊ आईपीएलको प्ले अफमा प्रवेश गरेको छ। यसअघि गुजरात टाइटन्स पनि प्लेअफमा पुगिसकेको छ। कोलकाता १२ अंक जोडेर छैटौँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.