|

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा नेकपा एमालेका धनपद यादव नगर प्रमुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नरेन्द्र कुमार गुप्तालाई हराउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन्।

निवर्तमान नगरप्रमुख समेत रहेका गुप्तालाई १ हजार ५ सय ३८ मतले जितेका यादवकाे ७ हजार ७ सय २९ मत रहेकाे छ। गुप्ताले ६ हजार १ सय ९१ मत मात्र ल्याउन सके। 

त्यस्तै उपप्रमुखमा राप्रपाकी सम्झना चाैधरी विजयी भएकी छन्। एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मतान्तरले हराउँदै चाैधरी उप प्रमुखमा निर्वाचित भएकी हुन्। चाैधरीले ६ हजार ४ सय ७१ मत ल्याउँदा क्षेत्रीले ६ हजार ३ सय ८६ मत मात्र ल्याउन सकिन्। 

यसअघिकाे स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.