|

जनकपुर : धनुषाको कमला नगरपालिकामा कांग्रेस विजयी भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव निर्वाचित भएका हुन्। उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल विजयी भएकी छिन्। 

विशेश्वरले तीन हजार ८८७ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गरे। 

उपप्रमुख निर्वाचित मण्डलले तीन हजार ८८७ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.