|

सुनसरी : जिल्लाको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार बिहिबार दिउँसो सकिएको मतगणना अनुसार एमालेका अध्यक्ष पदका उम्मेदवार आशनारायण चौधरी विजयी भएक हुन् । उनले ८९०१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका महेश दत्तले ५३५० मत मात्रै प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७८१५ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटत् प्रतिद्वन्दी नेपाली काँग्रेसकी उम्मेदवार राजकुमारी चौधरीले ५८३८ मत प्राप्त गरिन् । 

यता वडामा पनि एमालेले बहुसंख्यक वडामा विजयी हाँसिल गरेको छ । गढीको वडा नम्बर २, ३, ४, ५ र ६ मा एमालेको प्यानलै विजयी भएको छ । अन्यमा काँग्रेसले बाजी मारेको छ । २०७४ को स्थानीय तह निर्वाचमा गढीको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली काँग्रेस विजयी भएको थियो । गाउँपालिका अध्यक्षमा काँग्रेसका श्रीप्रसाद यादव र उपाध्यक्षमा पनि काँग्रेसकै राजकुमारी चौधरी विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.