|

झापा : झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका-५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

मेचीनगर-६ काँकडभिट्टा स्थित मेची पुलनजिकै लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो। 

भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खोजतलास गर्दा उनले लगाएको जुत्ताभित्र १०/१० तोला तौल भएको तीन वटा बिस्कुट आकारको सुन भेटिएको डिएसपी थापाले बताए।
 
बरामद गरिएको सुनको नेपाली बजार मुल्य २८ लाख रुपैयाँ रहेको छ। पक्राउ परेका जैसी पश्चिम बङ्गालको सिलगुढी पुगेर आएको बताइएको छ। उनले त्यहीबाट सुन लिएर आएको हुन सक्ने प्रहरीको अनुमान छ। 

उनको विषयमा थप अनुसन्धान भइरहेको छ। यता पक्राउ परेको जैसीलाई सुनसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको डिएसपी पाठकले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.