|

पर्सा : पर्साका तीन पालिकामा एमालेले गठबन्धनकाे विरासत ताेडेकाे छ। 

स्थानीय तहको निर्वाचनमा होमिएका पर्साका तीन पालिकाका निवर्तमान प्रमुखहरुको विरासत यो पटक एमालेले तोडिदिएको हाे।

फेरि पालिका प्रमुखमा दोहोरिन चाहने पर्साको पर्सागढी र पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख र ठोरी गाउँपालिकाका निवर्तमान अध्यक्षको विरासत यो पटक एमालेले ताेडेकाे हाे।

ती पालिकाको नगरप्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजय प्राप्त गरिसकेको छ। २०७४ को निर्वाचनमा पर्साको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसका लोक नारायण यादव विजयी भएका थिए।

त्यसैगरी पोखरिया नगरपालिकाको नेतृत्व पनि नेपाल संघीय समाजवादी पार्टीका दिप नारायण रौनियारले सम्हालेका थिए। ठोरीको नेतृत्वमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ पुगेका थिए।

उनीहरु तीनै जना पुनः सोही पदमा दोहोरिन यो पटकको स्थानीय तहको निर्वाचनमा पनि उमेदवार भए तर एमाले उमेदवारका सामु अहिले निकटतम प्रतिद्वन्द्वी रुपमा रहन बाध्य भए।

२०७९ को स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिकामा एमालेका गोकर्ण पाठक, पोखरिया नगरपालिकामा प्रद्युम्न चौहान र ठोरी गाउँपालिकामा लालबहादुर श्रेष्ठ निर्वाचित भएको घोषणा भइसकेको छ।

यी तीन पालिकाहरुको उपप्रमुखमा पनि एमालेकै क्रमशः पूजा चौधरी, रुवी कुमारी ठाकुर र गोकुली रेग्मी निर्वाचित भएको निर्वाचन अधिकृतहरूले घोषणा गरी प्रमाणपत्र दिइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.