|

विराटनगर : मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुस हिँडेकाे ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नवनिर्वाचित नेकपा एमालेको मेयर उपमेयरको विजय जुलुसमा ट्रयाक्टर दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ। 

सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिदा विजय जुलुसमा सहभागी भएको २६ वर्षका जलन्धर राजवंशी र ४० बर्षका राजकुमार सहनीको अवस्था गम्भीर  रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार उनीहरुलाई थप उपचारका लागि नोबेल अस्पताल रिफर गरिएको छ। घाइतेमध्ये पाँचजनालाई उपचारका लागि विराटनगर ल्याइएको उनले बताए। 

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.