|

धनुषा : जिल्लाको १८ स्थानीय तह मध्ये १० को नतिजा सार्वजानिक भइरहँदा नेपाली कांग्रेस अग्रस्थानमा रहेकाे छ।

एक उपमहानगर, ११ नगर र ६ गाउँपालिका रहेको धनुषाको अहिले सम्मको ९ पालिकाको नतिजा अनुसार कांग्रेस ५, एमाले २ र जसपाले ३ पालिकामा जितेका हुन्।

कांग्रेसले जितेको पालिकाहरुमा कमला नगरपालिका, बाटेश्वर गाउँपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाउँपालिका र लक्ष्मीनिया गाउँपालिका हुन्।

त्यसैगरी एमालेले औरही नगरपालिका र विदेह नगरपालिका जितेकाे छ। यस्तै, जसपाले जित हात पारेको तीन पालिकाहरु शहिदनगर नगरपालिका र जनकनन्दनी तथा मुखियापट्टि मुसहरनिया गाउँपालिका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.