|
फाइल फोटो

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको दाबी गरेका छन्।

विहीबार राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारकै बजेट कार्यान्वय गरिरहेको बताएका हुन्। अघिल्लो सरकारले ल्याएका १४ सय वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको उनले बताए।

अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको उनले प्रष्ट पारे। उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार, सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नुपर्ने आवश्यकता रहेको बताए। 

उनले भने, ‘विगत सरकारले गरेका कार्यक्रमहरुलाई न्यूनीकरण गरियो कि भन्ने प्रश्न छ त्यो भ्रम मात्रै हो। अघिल्लो सरकारले ल्याएका १४ सय सडकहरू २४ लाखका थिए।

त्यसलाई कार्यान्वयन नगर्ने भनेर राखेको थिएँ। प्रतिस्थापन विद्येयक राख्दा त्यो कुरामा समग्रलाई राखेर सबै कटाइयो भनेको जस्तो गरियो। ती सडक बनेर लाभ दिने र खर्च हुने अवस्थाहरु पनि थिएन। त्यसमा टेण्डर भएर अगाडि बढेका आयोजनालाई रोकिएको छैन।’

मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिकता त्यतातिर रहेको बताए। राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताए। 

नेपालमा सबै कुराले अनुकूलता रहेकाले याे अनुकूलतालाई प्रयोग गरेर मुलुकको गरिबी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने उनले बताए। स्रोत साधनले धनी भएपनि त्यसको भरपूर प्रयोग गर्न कानुनी सहजता, संरचनागत पुनर्संरचना गरेर जानु पर्ने अहिलेको आवश्यकता रहेको उनकाे भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.