|

विराटनगर : मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।

नेपाली काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै एमालेले मेयर उपमेयर नै जितेका हुन्।

काङ्ग्रेसबाट उम्मेदवार रहेका निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गङ्गा प्रसाद खरेल उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन्। खरेलले १२ हजार १५६ मत ल्याउँदा काङ्ग्रेस उम्मेदवार फागोले १० हजार २९० मत ल्याएका छन्।

उपमेयरमा एमालेकै मीना कुमारी खतिवडा विजयी भएकी छिन्। उनले १० हजार ७०२ मत ल्याएर विजयी भएकी हुन्।

काङ्ग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरेकी थिइन्। उर्लाबारीमा अघिल्लो चुनावमा मेयरमा काङ्ग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए। यसपटकको चुनावमा भने मेयर उपमेयरमै एमालेले बाजी मारेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.