|

इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ। इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न मद्दत पुग्ने बताए।

युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ। प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब एक करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी सुरु गर्ने निर्णय गरेको बताए।

इण्डोनेसिया विश्वमा पाम तेलको सबैभन्दा ठूलो उत्पादक हो। तर केही महिनायता इण्डोनेसियामा खाद्य तेलको मूल्य पनि बढेको छ। इण्डोनेसियाले गत महिना घरेलु मूल्य घटाउन र यसको स्टक बढाउन पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।  

सरकारले पाम तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इन्डोनेसियाका धेरै सहरमा किसानहरुले प्रदर्शन गर्दै निर्यातमा प्रतिबन्ध हटाउन माग गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.