|

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र साहले झण्डै २७ हजार मत ल्याएका छन्।

पछिल्लो परिणामअनुसार बालेनले २६ हजार ९ सय २८ मतसहित अग्रता कायमै राखेका छन्। नेकपा एमालेका केशव स्थापितले १४ हजार १ सय ६५ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १३ हजार ५ सय ६२ मत ल्याएका छन्। 

उपमेयरमा भने एमाले उम्मेदवार  सुनिता डंगोलले २५ हजार बढी मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ७ हजार मत छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.