|

सप्तरी : नेकपा माओवादी केन्द्रले जिल्लामा पहिलो नगरमा जित हासिल गरेको छ। खडक नगरपालिकाको प्रमुखमा जयप्रकाश चौधरी निर्वाचित भएका हुन्।

नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेका चौधरी पाँच हजार ८८२ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जसपाका हेमायु हकले पाँच हजार ६७ मत पाए।

जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत पाइन्। गठबन्धनबाट एकीकृत समाजवादीका शत्रुघ्नप्रसाद साह दुई हजार ९४३ मत ल्याएर तेस्रो भए।

११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नम्बर २, ६, ९ र ११, कांग्रेसले वडा ३, ८ र १०,एकीकृत समाजजवादीले वडा ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नम्बर १ र ६ को वडाध्यक्षमा जित हासिल गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.