|

सुर्खेत : सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै ऐनबहादुर चन्द अध्यक्ष र गोमा शर्मा उपाध्यक्षमा निर्वाचित भएका हुन्। चन्दले ६ हजार १७० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे। 

उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ मत ल्याइन्।  उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे। नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांग्रेसले चार वडामा जित हासिल गरेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष\उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.