|

नवलपरासी पश्चिम : पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन्। 

नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनले साहनीलाई ८६ मतान्तरले पराजित गरे। गुप्ताले चार हजार ३८१ र साहनीले चार हजार २९५ मत प्राप्त गरे। 

उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भइन्। माओवादी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी उपाध्यक्ष निर्वाचित भएकी हुन्। अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गरे। 

६ वडा रहेको यस गाउँपालिकामा तीन वटामा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.