उपप्रमुखमा एमालेकी देवकोटा दोहोरिइन्

|

सिन्धुली : कमलामाई नगरपालिकाको प्रमुखमा गठबन्धन दल नेपाली काग्रेसका उपेन्द्र पोखरेल निर्वाचित भएका छन्। पोखरेल १४ हजार १८७ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। 

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महेन्द्रदेव श्रेष्ठलाई १ हजार ६११ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले १२ हजार ५७६ मत ल्याएका छन्।पोखरेल २०७४ को निर्वाचतमा एमालेका निवर्तमान नगरप्रमुख खड्गबहादुर खत्रीसँग दुई हजार ७६४ मतान्तरले पराजित भएका थिए। 

नगरपालिकाको उपप्रमुख एमालेकी मञ्जु देवकोटा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छिन्। उपमेयरमा देवकोटाले १२ हजार ६९४ मत सहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत ल्याएका छन्। 

कमलामाई नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेका थिए। १४ वडा मध्ये ३,७,८,११,१२,१३ र १४ एमालेले, १,४,५,६ र ९ कांग्रेसले २ र १० नम्बरमा माओवादी केन्द्रले वडाअध्यक्ष जित हासिल गरेको छ। 

योप टक माओवादी केन्द्र दुधौली नगरपालिका, मरिण, हरिहरपुरगढी, सुनकोशी गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ।  काग्रेस कमलामाई नगरपालिका, तीनपाटन, घ्याङलेख गाउँपालिकाको प्रमुखमा विजयी भएको छ भने नेकपा एमाले गोलन्जोर र फिक्कल गाउँपालिकाको प्रमुखमा विजयी भएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.