|

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका गठबन्धन र एमालेबीचको मतान्तर बढेको छ।

पछिल्ला विवरण अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले एमालेका कृष्ण थापालाई तीन हजार ३४ मतले पछाडि पारेका छन्। अहिलेसम्म गणना भएको ६१ हजार ११२ मतमध्ये आचार्यले २५ हजार २२६ र थापाले २२ हजार १९२ मत प्राप्त गरेका हुन्।  

नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले दुई हजार ५९०, अटेरी समूहका गनेस पौडेलले एक हजार ४८०, विवेकशील साझाकी सुशीला केसी (अधिकारी) ले २०७ मत पाएका छन्।

उपप्रमुख पदमा भने गठबन्धन र एमालेकी उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बनेको छ। अहिले कांग्रेसकी कोपिला रानाभाट ५५ मतको अन्तरले अगाडि रहेकी छिन्। रानाभाटको पक्षमा २५ हजार ४५९ मत आउँदा गुरुङले २५ हजार ४०४ मत पाएकी छिन्।  गुरुङलाई सुरुबाटै पछाडि पार्दै आएकी रानाभाटलाई गुरुङले पटक पटक उछिनेकी छिन्। तर रानाभाटले पछिल्लो परिणाममा फेरि अग्रता कायम गरेकी छिन्।

उपप्रमुख पदमा प्रतिस्पर्धा गरिरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले दुई हजार ३८५ र विवेकशील साझाका माधव पौडेलले १३५ मत पाएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.