|

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ संभावना कायम राखेको छ। प्लेअफमा स्थान बनाइसकेको गुजरात विरुद्व बैंगलोरले ८ बल अगाडिनै २ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य पुरा गरेको हाे।

अब प्लेअफमा स्थान बनाउनका लागि बैंगलोरले दिल्लीको खेलको नतिजा कुर्नु पर्ने छ। दिल्ली शनिबार हुने खेलमा मुम्बई विरुद्व पराजित भएमा बैंगलोर प्लेअफमा पुग्ने छ। दिल्लीले जितको खण्डमा भने बैंगलोर बाहिरिने छ। अंक तालिकामा १४ खेलबाट बैंगलोरले १६ अंक बनाएको छ। एक खेल कम खेलेको दिल्लीको १४ अंक छ। दिल्लीले मुम्बईलाई पराजित गरेमा नेट रनरेटमा अघि रहँदै प्लेअफमा पुग्ने छ। खराब रनरेटका कारण बैंगलोरका लागि भने दिल्लीको पराजयको विकल्प छैन्।

टस जितेर पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि कप्तान हार्दिक पाण्ड्याको अविजित ६२ रन सर्वाधिक रह्यो। त्यस्तै डेभिड मिलरले ३४ रन बनाउँदा रसिद खानले ६ बलमा १९ रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै ओपनर ऋदिमान साहले ३१ रन बनाउँदा म्याथ्यु वेडले १६ रन जोडेका थिए। बैंगलोरका लागि जोस हेजलवुडले २ विकेट लिए।

१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरका लागि जारी सिजन खराब लयमा रहेका विराट कोहली चम्किंदा ८ बल बाँकी हुँदै जित निकाल्न सफल भयो।
उनले बिहिबारको खेलसँगै इन्डियन प्रिमियर लिगमा कुनैपनि टीमका लागि ७ हजार रनको कोसेढुंङ्गा पुरा गरे। विराटले २००८ देखी आरसिबीका लागि खेल्दै
आएका छन्। उनले बिहिबार ५४ बलमा ७३ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै कप्तान फाफ डुप्लेसिसले ४ रन बनाउँदा ग्लेन म्याक्सवेल ४० रनमा नटआउट रहे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.