|

धनुषा : नगराइन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।

प्रमुखमा का‌ंग्रेसका उम्मेदवार विनयकुमार यादव पाँच हजार ५५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले पाँच हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिए।

पाँच हजार ७३० मतसहित एमालेकी राधादेवी यादव उपप्रमुख निर्वाचित भइन्। उनकी निकटतम  प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहले पाँच हजार ५२३ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.