|

धादिङ: धादिङमा नवनिर्वाचित पालिका प्रमुखहरुलाई आगामी सोमबार शपथ खुवाइने भएको छ।

स्थानीय तहको निर्वाचन सम्पन्न भए सँगै नव निर्वाचित पालिका प्रमुखहरुको शपथ कार्यक्रम ९ गते सोमबार दिउँसो १ बजे तोकिएको हो।

कानून अनुसार नै सोमबार जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीले जिल्लाका १३ वटा पालिका प्रमुखहरुलाई मात्रै शपथ खुवाउने कार्यक्रम तय भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.