|

इलाम : सूर्योदय नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका रणबहादुर राई (आरबी) विजयी भएका छन्। 

नेकपा एमालेका काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले हराउँदै राई नगरप्रमुख निर्वाचित भएका हुन्। राईले १२ हजार ४३१ मत पाए। कागतेले काजीमानले १० हजार ५७९ मत पाए। राई यसअघि पनि यो नगरपालिकाको प्रमुख थिए। 

उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी भएका छन्। उनी ११ हजार ८५४ मतसहित निर्वाचित भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याइन्

१४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह हो। यो पालिकाको मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.