समलिङ्गी बार र क्लबमा छानबिन हुँदै

|

लन्डन : बेलायतमा ‘मङ्की पक्स’ फैलिने क्रम जारी छ। यसलाई रोक्न बेलायतका स्वास्थ्य अधिकारीहरूले समलिङ्गी र उभयलिंगी बारहरू र स्पाहरूमाथि थप अनुसन्धान गरिरहेका छन्। बेलायतमा हालसम्म ‘मङ्की पक्स’का ९ जना विरामी फेला परेका छन्।

यीमध्ये ६ वटा समलिङ्गी पुरुषमा भेटिएका छन्। अधिकारीहरूले यो यौन सञ्जालमा छिटो फैलिएको बताएका छन्। बेलायत बाहेक युरोपका अन्य देशमा पनि यस्तै प्रकारको महामारी देखिएको छ।

स्पेनमा सात समलिङ्गी पुरुष वा उभयलिंगीमा ‘मङ्की पक्स’ भेटिएको छ। पोर्तुगलमा नौजना विरामी फेला परेका छन्। तिनीहरू प्रायः युवा पुरुषसँग सम्बन्धित छन्। अधिकांश विरामी एकअर्कासँग सम्बन्धित नभएकाले ‘मङ्की पक्स’ अहिले हामीले थाहा पाएको भन्दा बढी गम्भीर हुन सक्ने सम्भावना रहेको बेलायती स्वास्थ्य अधिकारीहरू बताउँछन्। गे बारहरू र समलिङ्गी क्लबहरू पनि घटनाहरूको अनुसन्धान गर्न ट्रेस भइरहेका छन्।

पुरुषहरूलाई सचेत गराइयो
युके हेल्थ सेक्युरिटी एजेन्सीले पुरुषहरूलाई उनीहरूको अनुहार वा लिंगमा कुनै प्रकारको दाग देखिएमा यसलाई हल्का रूपमा नलिन चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनले बेलायतमा स्वास्थ्यसम्बन्धी जानकारी लिएपछि समलिङ्गी र उभयलिंगीहरू ‘मङ्की पक्स’को चपेटामा भइरहेको बताएको छ। संक्रमितको संगतमा आएका व्यक्तिहरुको पनि खोजी भइरहेको छ।

‘मङ्की पक्स’ के हो 
‘मङ्की पक्स’ दुर्लभ भाइरल संक्रमण हो। यो पश्चिम र मध्य अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा यो पाइन्छ। यो श्वासप्रश्वास वा संक्रमित तरल पदार्थको माध्यमबाट शरीरबाट मानिसमा सर्छ। मानिसमा पनि यसले शरीरमा घाउहरू बनाउँछ। एक प्रतिवेदनअनुसार ‘मङ्की पक्स’का १०० विरामीमध्ये एकजनाको मृत्युको कारण बन्ने गरेको छ। संक्रमित व्यक्तिलाई छोएमा, उसको सिंगान‚ कफ‚  दिशा र  उसको कुनै वस्तुको सम्पर्कमा आएपछि यो सर्छ।

कुनै उपचार छैन
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९७० मा मानिसमा पहिलोपटक ‘मङ्की पक्स’देखिएको थियो। त्यसयता अफ्रिकाका ११ देशमा यसको पुष्टि भइसकेको छ। डब्ल्यूएचओका अनुसार ‘मङ्की पक्स’ लक्षण ६ देखि १३ दिनमा देखिन थाल्छन्। ज्वरो आउने, कडा टाउको दुख्ने, कम्मर र मांसपेशीमा पीडा हुने र निकै कमजोरी हुने जस्ता लक्षण देखिन्छन्। संक्रमित व्यक्तिका शरीरमा ठूला राता फोका देखिन्छन्। अहिलेसम्म यसको कुनै उपचार उपलब्ध छैन। बिफरको खोप ‘मङ्की पक्स’को विरुद्ध प्रभावकारी मानिन्छ

‘मङ्की पक्स’ बढ्ने डब्ल्यूएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बेलायतमा ‘मङ्की पक्स’ भाइरसका विरामी बढ्न सक्ने चेतावनी दिएको छ। सिन्ह्वा समाचार संस्थाका अनुसार बेलायती स्वास्थ्य अधिकारीहरूले भाइरसको खोजी गरिरहेका छन्। डब्ल्यूएचओले भनेको छ, 'अहिले उपलब्ध जानकारीका आधारमा संक्रमण हुने घटनामा बेलायतमा स्थानीय रूपमा प्राप्त भइरहेको विश्वास गरिन्छ।'

डब्ल्यूएचओले भाइरसको फैलावटको तह कति गम्भीरमा छ अहिले नै भन्न नसकिने बताएको छ। मे ६ तारिखमा एउटै घरबाट तीनजना संक्रमित फेला परेका थिए। केही दिनपछि थप चारजना संक्रमित फेला परे। यसका साथै लन्डनमा एक र इङल्याण्डको दक्षिणपूर्वमा एकजना संक्रमित भेटिएका छन्। युके हेल्थ प्रोटेक्शन एजेन्सीले बुधबार भनेको छ कि इङल्याण्डमा मे ६ र ९ तारिखबीचमा ‘मङ्की पक्स’का धेरै संक्रमित फेला परेका थिए।

समलैंगिक पुरुष संक्रमित
हालसालै फेला परेका संक्रमितहरू मुख्यतया समलिङ्गी सम्बन्ध राख्ने पुरुषहरू छन्। बेलायतको स्वास्थ्य मन्त्रालयका प्रमुख चिकित्सा सल्लाहकार सुसान हप्किन्सले स्वास्थ्य जानकारी र सल्लाह प्रदान गर्न संक्रमितलाई नजिकबाट ट्र्याक गर्ने प्रयास गरिरहेको बताएका छन्।

‘मङ्की पक्स’का भर्खरका घटनाले स्थानीय प्रसारणको जोखिमको बारेमा स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ। बेलायतमा फेला परेका केही संक्रमितमध्ये आधाले देश बाहिर यात्रा गरेका थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.