|

काठमाडाैं : साहित्य सन्ध्याको नियमित मासिक गोष्ठीको ४२८ औँ शृङ्खला आज सम्पन्न भएको छ।

विशेष गोष्ठी ‘मीमांशा दर्शन र प्रगतिशीलता’ विषयमा परिचर्चाको आयोजना सहित सम्पन्न गरिएको हो। सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रा.डा.नारायण गड्तौला उपस्थित थिए।

गोष्ठीमा प्रमुख अतिथि प्रा.डा.गड्तौलाले ‘मीमांशा दर्शन र प्रगतिशीलता’ विषयमा चर्चा गर्दै, यो  तीन हजार वर्ष अगाडिको चिन्तन भएको बताए।

मानवजीवनको जङ्गली युग समाप्त भएर आगो खोज्दै हिँडेको समयमा जैमिनी ऋषिले यो दर्शनको प्रतिपादन गरेको उनले जानकारी दिए।

यो दर्शनलाई ब्रह्माको पालादेखि नै मानिँदै आएको र अत्यन्त पुरानो दर्शन हो भन्ने पनि मानिएको छ।

गोष्ठी​मा मिमांशा दर्शनले वेदलाई प्रमाण मान्ने हुँदा यसलाई वैदिक दर्शन मानिएको र वेदका तीन प्रमुख विशेषताहरू ज्ञान, उपासना र कर्ममध्ये मीमांशा कर्मवादी दर्शन भएको चर्चा गरियो।

गोष्ठीका सहभागीले आ आफ्ना कविता, गीत, मुक्तक, गजल वाचन/गायन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.