|

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार विष्ट साढे १४ हजार मतान्तरले पराजित भएका छन्। 

गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका विष्ट नेकपा एमालेकी उम्मेदवार संगीता कुमारी चौधरीसँग १४४०५ मतान्तरले पराजित भएका हुन्। 
कुल २० वटा वडा रहेको इटहरीमा ७३८२८ जनाले मतदान गरेका थिए। आइतबार बिहानै इटहरीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा एमालेकी चौधरी ३२४३६ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी रहेका विष्टले १८०३१ मत मात्रै ल्याए। 

इटहरीमा जसपा बाहेकका ४ दलको गठबन्धन बनेको थियो। सोहि गठबन्धनबाट विष्ट साझा उम्मेदवार बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.