|

सुनसरी : इटहरीमा आइतबार  विहान  कुटिएका नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीले ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी परेको छ।  

इलाका  प्रहरी  कार्यालय इटहरीमा सुवेदीले आइतबार  जाहेरी दर्ता  गरेका हुन्।  इटहरीमा उपमेयर  पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित ३ जनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको भन्दै सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन्। उनलाई विष्टले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि आक्रमण गर्ने धम्की दिएको पनि सुवेदीले जाहेरीमा उल्लेख गरेका छन्। 

इटहरीको मतगणना स्थलबाट बाहिरिँदै गर्दा वडा  नम्बर ६ का पूर्व वडाध्यक्ष दिपक गौतमको घर अगाडि  उनी माथि आक्रमण भएको जाहेरीमा उल्लेख  छ।  मुद्दा  दर्ता  भएपछि  एमाले कार्यकर्ताले बिहानदेखि गरेको राजमार्ग  बन्द खुलाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.