धनुषा : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका मेयरमा नेकपा एमालेका सुखदेव यादव र उपमेयरमा नेपाली कांग्रेसकी रचना श्रेष्ठ माथेमा निर्वाचित भएकी छन्।
मेयरमा निर्वाचित यादवले ७ हजार ९ सय १३ मत ल्याउँदा योगेन्द्र पजियारले ७ हजार ३ सय मतका साथ प्राप्त गरेका छन्। निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई ६ सय १३ मतको अन्तरले पराजित गर्दै यादव मेयरमा विजयी भएका हुन्।
मेयरमा नेकपा एमालेले जितेको नगरपालिकामा उप मेयरमा कांग्रेसकी रचना श्रेष्ठ विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सालिनी चौधरीलाई पराजित गर्दै श्रेष्ठ उप मेयरमा निर्वाचित भएकी हुन्।
श्रेष्ठले ७ हजार ५ सय ५० मत पाउँदा चौधरीले ७ हजार ५ सय ११ मत प्राप्त गरेकी छन्। क्षीरेश्वरनाथ नगरपालिका एमाले सचिव रघुवीर महासेठको निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका हो।२०७४ को संसदीय निर्वाचनमा महासेठ कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
क्षिरेश्वरनाथको वडा नं. १,२,४,५,७,८ र १० मा नेपाली काँग्रेसका वडा अध्यक्षहरु क्रमशः मकेश्वर यादव, देवु यादव, जगदीश यादव, मुबारक कवाडी (नथुनी), मोद कुमार महतो(मोदी) र रामपदारथ यादव प्यानल सहित विजयी भएका छन् । भने, वडा नं. ६ र ९ मा क्रमशः बिनोद प्रसाद गुप्ता र अवैध किशोर यादव नेकपा एमालेबाट प्यानल सहित विजयी भएका छन्। धनुषामा अब जनकपुरधाम उपमहानगरपालिकाको निर्वाचन परिणाम मात्रै आउन बाँकी रहेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।