|

 कञ्चनपुर :  कञ्चपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा  नेकपा एमाले  र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा नेकपा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी कल्पना पन्त विजयी भएका हुन्।

मेयरमा महराले ६ हजार ७७३ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका चिन्तामणि भट्टले ६ हजार २६४ मत प्राप्त गरेका छन्। महराले भट्टलाई ५०९ मतान्तरले पराजित गरेका हुन्।

नेकपा माओवादी केन्द्र र समाजवादीका तर्फबाट मेयरका उम्मेदवार बनेका नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका थिए। यस्तै उपमेयरमा निर्वाचित कांग्रेसकी पन्तले ६ हजार ५१९ मत  प्राप्त गरेर विजयी भएकी हुन्।  उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५ हजार ३६० मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.