काठमाडौं : हालसम्म देशभरका ७०९ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ। निर्वाचन आयोगका अनुसार मत परिणाम आएका पालिकाहरूमा सबैभन्दा बढी नेपाली कांग्रेसले ३१३ पालिकामा प्रमुख र २९० उपप्रमुखमा जित निकालेको छ।
दोस्रोमा नेकपा एमालेका उम्मेदवार १९० पालिकामा प्रमुख र २१५ उपप्रमुख पदमा विजयी भएका छन्। नेकपा माओवादी केन्द्रले १२० पालिका प्रमुख र १२७ उपप्रमुखमा जितेको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुखमा बाजी मार्दा जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ।
अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले ५६ पालिका प्रमुखमा विजयी हुन सफल भएका छन्।
आयोगका अनुसार ४२ पालिकामा भने मतगणना जारी छ। मतगणना भइरहेको पालिकामा १६ स्थानमा नेकपा एमाले र कांग्रेसले ११ स्थानमा अग्रता बनाएको छ।
मतदानपछि भएको विवादका कारण बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना हुन सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।