|

विराटनगर :  १९ वटा वडा रहेको विराटनगर महानगरपालिकाको मत गणना शुक्रबार सम्पन्न भएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम नतिजाअनुसार विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् भने उपप्रमुखमा नेकपा (एमाले) की शिल्पा कार्की निर्वाचित भएकी छिन्।

केन्द्रबाटै गठबन्धन गर्ने नेताहरूले सहमति गरेको भए पनि लामो समयको छलफल र बहसपछि विराटनगर महानगरपालिकामा  गठबन्धन गरेर चुनावी मैदानमा होमिएका मेयर र उपमेयर पदका उम्मेदवारमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर विजयी भए पनि जसपाका उपमेयरले भने हार बेहोर्नु पर्‍यो।

गठबन्धनका दलहरूले जितेका कतिपय वडा पनि गुमाएका छन्। प्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेसका कोइरालाले निकटतम प्रतिद्वन्द्वी सागर थापालाई ८ हजार ७ सय मतको फराकिलो मतान्तरले पराजित गर्दा गठबन्धनबाट उम्मेदवार रहेका  जसपका अमरेन्द्र यादव एमालेकी उपमेयर कार्कीसँग ११ हजार ४६९ मतको  फराकिलो अन्तरले पराजित भए।

जसपा पार्टी अध्यक्ष उपेनद्र यादवका छोरासमेत रहेका यादवले गठबन्धन गर्दा पनि अपेक्षाअनुसार मत ल्याउन नसकेको पार्टी सदस्यहरू बताउछन्। २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो बनेको कांग्रेस विराटनगरमा यसपटक दोस्रो स्थानमा खुम्चिनु परेको छ। २०७४ मा दोस्रो बनेको जसपाले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ।

खुम्चेको कांग्रेस र जसपा, शून्य माओवादी

०७४ को स्थानीय तह निर्वाचनको नतिजालाई फर्केर हेर्दा कांग्रेसले विराटनगरको कांग्रेस राजनीतिको विरासत जोगाउँदै पहिलो स्थान ओगट्न सफल भएको थियो। जसमा नगर प्रमुख भीम पराजुली, उपप्रमुख कांग्रेसकै इन्दिरा कार्कीले महानगरको ५ वर्षे नेतृत्वको बागडोर सम्हालिसकेका छन्।

तर यो पटक भने गएको निर्वाचनमा जस्तो कांग्रेस र जसपाले त्यो स्थान ओगट्न सकेनन्। गत निर्वाचनमा प्रमुख र उपप्रमुख सहित ८ वटा वडामा कांग्रेसले पकड जमाउन सफल भए पनि यो निर्वाचनमा भने नगर प्रमुखसहित ६ वटा वडामा खुम्चिनु पर्‍याे।

नगर प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गरेर चुनावी मैदानमा होमिएका जसपाले उपप्रमुखको हारसँगै २ वटा वडाको जितमा चित्त बुझाउनु परेको छ। ०७४ मा जसपाले ६ वटा वडा जित्न सफल भएको थियो। एउटा वडा जितेको मओवादी केन्द्र यो पटक भने महानगरमा शून्य छ।

कुन वडाको अध्यक्ष कसले जित्यो?

वडा-१

नेकपा (एमाले)

काजी बहादुर बस्नेत

वडा -२

नेकपा (एमाले)

कुमार पोखरेल

वडा- ३

नेकपा (एमाले)

बासुबहादुर बस्नेत

वडा - ४

नेकपा (एमाले)

जितन थापा

वडा -५

नेपाली कांग्रेस

सन्तोष न्यौपाने

वडा -६

नेपाली कांग्रेस

हरीशचन्द सहनी

वडा-७

नेपाली कांग्रेस

मधुबाबु तिवारी

वडा -८

नेकपा (एमाले)

राम पोखरेल

वडा -९

नेपाली कांग्रेस

विश्वनाथप्रसाद भगत

वडा -१०

नेकपा (एमाले)

अर्जुन गिरि

वडा-११

नेकपा एमाले

तीर्थेन्द्र न्यौपाने

वडा-१२

जनता समाजवादी पार्टी (नेपाल)

हिरालाल कामत

वडा-१३

राष्ट्रिय प्रजातन्त्र पार्टी

सुर्यलाल यादव

वडा- १४

नेकपा (एमाले)

सूर्य नारायण महतो

वडा- १५

नेपाली कांग्रेस

प्रकाश साह

वडा-१६

नेपाली कांग्रेस

उद्धवकुमार भुजेल

वडा-१७

जनता समाजवादी पार्टी नेपाल

समिर कमर मिया

वडा -१८

स्वतन्त्र (लाल्टिन)

जितेन्द्रकुमार साह

वडा-१९

नेकपा (एमाले)

श्याम घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.