|

सोलुखुम्बु : सोलुखुम्बुका महिलाहरुका लागि ब्युटीपार्लर व्यवसाय स्वरोजगारको माध्यम बनेको छ। पछिल्लो समय युवापुस्तामा सौन्दर्यप्रति आकर्षण बढ्दै गएसँगै गाउँ गाउँमा ब्युटीपार्लर व्यवसाय फस्टाएको छ।

जसका कारण महिलाहरु सौन्दर्यका पसलबाटै स्वरोजगार बन्ने क्रम बढेको छ। विगतमा पार्लर व्यवसाय खासै नचलेपछि पछिल्लो केही बर्षयता व्यापार बढ्न थालेको माप्य दूधकोशी गाउँपालिका ४ की रमिला राईले बताइन्।

​जिल्लाको सदरमुकाम सल्लेरीमा आज भन्दा झण्डै १५ बर्ष अघि पहिलो पटक ब्युटीपार्लर खुलेको स्थानीयले बताएका छन्।

सुरुमा व्यवसाय नै धरापमा परेपनि अहिले आफ्नो आम्दानीको श्रोत नै पार्लर व्यवसाय बनेको सल्लेरीका पार्लर ब्यवसायी रचना राईले बताइन्। सदरमुकाम सल्लेरीमा मात्रै अहिले लगभग १० वटा पार्लरहरु सञ्चालनमा छन्।

जसमा लगभग १२ जना युवतीहरूले काम गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.