|

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भ्यू टावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली कांग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धी घोषणा पत्रमा भ्यूटावर बनाउँदैनौँ भनेर उल्लेख गरेको जिकिर गरे।

आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उनले भ्यू टावरको विरोध गरेको भन्दै नेपाली कांग्रेसलाई फ्रान्समा बनाइएको ईफेल टावरले अर्बाैँ आम्दानी दिएको स्मरण गराए।

ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरूले अर्बौं आम्दानी दिने गरेको बताए। उनले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गरे।

त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढ्न पनि सबैलाई आह्वान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.