|

सुनसरी : धरान उपमहानगरपालिकामा आइतबार दिउँसाे ४ बजे मतगणना सम्पन्न भएको छ।

धरानमा ६२,८५७ मतदान भएकोमा मेयरमा १७ प्रतिशत र उपमेयरमा २७ प्रतिशत मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जानकारी दिएको छ।

कार्यालयले दिएको जानकारी अनुसार धरानको मेयरमा १०,४७७ मत र उपमेयरमा १७,२१४ मत बदर भएको हो। गठबन्धन दलका कारण मत बदर बढी भएको हुनसक्ने आँकलन गरिएको छ।

यस्तै निर्वाचन आयोगले मतदाता शिक्षालाई जोड नदिँदा पनि मत बदर अत्याधिक भएको बताइएको छ।

आइतबार सम्पन्न मतगणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) र उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का आइन्द्र विक्रम बेघा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.