काठमाडौं : इटालियन सिरी ए फुटबलको उपाधि एसी मिलानले जितेको छ।
अन्तिम खेलमा सासोउलोलाई ३–० अन्तरले पराजित गर्दै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो।
मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो। मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे। यस्तै फ्रान्क केस्सीले एक गोल गरे।
जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।