|

मोरङ : सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका केदारप्रसाद गुरागाईँ विजयी भएका छन्। उनी २१ हजार ४०५ मत प्राप्त गरी नगरप्रमुख निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ११ हजार ३०० मत प्राप्त गरे।

यससँगै मोरङको १७ वटै स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.