|

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा ७७ हजार ५७७ मतगणना हुँदा पाँचदलीय गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका विजयकुमार सरावगीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।

सिंहले ३८ हजार ४३७ मत प्राप्त गर्दा सरावगीले १९ हजार ६७९ मत ल्याएका छन्।​ राप्रपाका गिरिश गिरीले दुई हजार ८५७ मत पाएका छन्।

उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले २४ हजार ९१५ मत प्राम्त गरेका छन्। लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ५६८, राप्रपाकी विना जयसवालले चार हजार ८३५ र स्वतन्त्र उम्मेदवार रम्भा मिस्राले तीन हजार ४५८ मत पाएका छन्।

महानगरपालिकाको २३ वडाको मतगणना सम्पन्न भइसकेको छl

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.