|

काभ्रे : पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका महेश खरेल नगरप्रमुख र एमालेकी सूर्यमाया दनुवार उपप्रमुख निर्वाचित भएका हुन्। 

खरेलले १२ हजार ८३६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त गरे। यस्तै उपप्रमुख निर्वाचित दनुवारले ९ हजार ५३४ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका गौतमले नौ हजार १० मत प्राप्त पाए।

पाँचखालको १३ वडामध्ये कांग्रेस ८, एमाले ३, माओवादी केन्द्र र एकीकृत समाजवादी एक-एक वडामा विजयी भएका छन्। वडा नं. १ माओवादी केन्द्र र ६ मा एकीकृत समाजवादीले जित हात पारे।

२, ३, ४, ७, ८, ११, १२ र १३ मा कांग्रेस तथा ५, ९ र १० मा एमालेका वडाध्यक्ष विजयी भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.