|

कञ्चनपुर : भीमदत्त नगरपालिकाको प्रमुखमा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ हजार ८८२ मत ल्याएर कांग्रेसका पदम बोगटी विजयी भएका हुन्।

बोगटीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेशप्रसाद पन्तले आठ हजार १७९ मत पाए। यस्तै राप्रपाका गजेन्द्रबहादुर चन्दले सात हजार १०५ र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले तीन हजार ४५२ मत ल्याए। 

उपप्रमुखमा विजयी निलम लेखकले १२ हजार २१६ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५९६ मत पाए। यसैगरी नेकपा एमालेकी भुवन कुवँरले सात हजार ९९० र राप्रपाकी हेलन श्रेष्ठले चार हजार ७७२ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.