|

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तरगत १० दिनदेखि मतगणना जारी छ। पाँच महानगरको गणना अझै पनि चलिरहेको छ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुदेखि  नै निरन्तर अग्रता बनाइरहेका छन्। यहाँ कांग्रेसले उनलाई पछ्याइरहेका छन् भने अन्य चारमा गठबन्धनका उम्मेदवार अगाडि छन्। ​

देशका ६ महानगरपालिकामध्ये एक विराटनगरले मात्र जनप्रतिनिधि पाएको छ। विराटनगरमा महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला विजयी हुँदा उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की विजयी भइन्र   काठमाडौं, ललितपुर, भरतपुर, वीरगञ्ज र पोखरामा मतगणना जारी रहँदा उम्मेदवारहरूको स्थिति कस्तो छ? कहाँ को अगाडि छन् ? 

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार फराकिलो मतान्तरसहित अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार बालेन साह ‘बालेन्द्र’ ४३ हजार १६२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ५९९ मत पाएकी छिन्। उनलाई पछ्याउँदै नेकपा एमालेका केशव स्थापित २५ हजार २६८ मतसहित तेस्रो स्थानमा छन्।

ललितपुर महानगरपालिका

ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३५ हजार ७०३ मतसहित अगाडि छन्। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २० हजार ९४२ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले तीन हजार ३६३ मत प्राप्त गरेका छन्
 
भरतपुर महानगरपालिका 

भरतपुर महानगरपालिकामा फराकिलो मतान्तरसहित पाँचदलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अगाडि छिन्। उनले ४३ हजार ६०६ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदी ३३ हजार ७०३ मतसहित पछाडि छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३५० मत ल्याएका छन्।

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकामा पनि सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले आफ्ना प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतको अग्रता बनाएका छन्। उनले ३८ हजार ४३७ मत प्राप्त गर्दा नेकपा एमालेका विजयकुमार सरावगीले १९ हजार ६७९ मत पाएका छन्। राप्रपाबाट उम्मेदवारी दिएका पूर्वपत्रकार तथा लेखक गिरीश गिरीले दुई हजार ८७५ मत प्राप्त गरेका छन्।

पोखरा महानगरपालिका 

पोखरा महानगरमा पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ४५ हजार २७ मतसहित अगाडि छन्। एमालेकी कृष्णबहादुर 
थापाले ४१ हजार ५९० मत ल्याएका छन्। राप्रपाका शंकर खरालले चार हजार ९८७ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.