|
प्रतीकात्मक तस्विर

इरानको शक्तिशाली सुरक्षा दस्ता रेभलुसनरी गार्डस्का एक कर्णेलको हत्या भएको छ। गएराति राजधानी तेहरानमा रेभलुसनरी गार्डस्का कर्णेल सैयद खोदाइको हत्या भएको हो।

घर अगाडि मोटरसाइकलमा सवार दुई व्यक्तिले खोदाइलाई पाँच पटक गोली प्रहार गरेको बताइएको छ। हत्याको जिम्मा कुनै समूहले लिएको छैन। हत्यामा संलग्नहरूको खोजी भइरहेको छ। इरानी अधिकारीले अमेरिका र उसका सहयोगीले हत्या गरेको आरोप लगाएका छन्।

कर्णेल खोदाइ रेभलुसनरी गार्डस् अन्तर्गत गोप्यरूपमा काम गर्ने सैन्य निकाय कूड्स फोर्सका वरिष्ठ सदस्य थिए। अमेरिकाले उक्त सैन्य बलले आतंकवादी समूहलाई समर्थन गरेको र मध्यपूर्वमा भएका आक्रमणमा उसको हात रहेको आरोप लगाउँदै आएको छ।

पछिल्ला वर्षहरुमा मारिने कूड्स फोर्सका खोदाइ दोस्रो वरिष्ठ अधिकारी हुन्। सन् २०२० मा इरानका सबैभन्दा शक्तिशाली कमान्डर कासिम सुलेमानी अमेरिकी हवाइ आक्रमणमा इराकमा मारिएका थिए। इरानमा यसअघि सन् २०२० मा एक वरिष्ठ परमाणु ऊर्जा वैज्ञानिकको हत्या भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.