|

पाल्पा : रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ।

एमालेका विष्णुप्रसाद भण्डारी पाँच हजार ५८६ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए।

उपाध्यक्षमा एमालेकै राधाकुमारी श्रेष्ठ निर्वाचित भइन्। उनी पाँच हजार ७१९ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका विष्णुकुमार थापाले पाँच हजार ५८ मत पाए।

वडातर्फको नतिजा

रम्भा गाउँपालिकामा एमालेले तीन र गठबन्धनले २ वटा वडा जितेका छन्।  वडा नम्बर १ मा गठबन्धनतर्फका कांग्रेसका ईश्वर काफ्ले विजयी भए। २ मा एमालेका चेतबहादुर सुनारी निर्वाचित भए। वडा नम्बर ३ मा गठबन्धनतर्फका कांग्रेसका थमनबहादुर गाहा वडाध्यक्ष चुनिए। वडा नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर रायामाझी विजयी भए। ५ मा एमालेकै खुमाकान्त बस्याल निर्वाचित भए। 

पाल्पामा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनमुक्ति पार्टीबीच गठबन्धन भएको थियो। एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.