|

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। मेयरमा कल्पना कटुवाल र  उपमेयरमा रामबाबु प्रसाद साह निर्वाचित भएको हो। कटुवाल १२ हजार २ सय ७३  मत ल्याएर मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार देवानन्द महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गरे।

२०७४ सालको निर्वाचनमा माओवादीका महतोले नै एमालेकी कटुवाललाई पराजित गर्दै मेयर बनेका थिए। अहिले उही महतोलाई झण्डै दोब्बर बढी मतले पराजित गर्दै कटुवाल सर्लाहीमा पहिलो महिला मेयर बनेको हो। कटुवालले माओवादीका उम्मेदवार  महतोले भन्दा ५ हजार ६ सय ७  मत बढी  ल्याएको हो।

त्यसैगरी  उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार साह ९ हजार ९ सय १ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार  गङ्गा दाहालले ७ हजार१ सय २९ मत ल्याए। बरहथावा नगरपालिकाबाट  मेयरमा निर्वाचित  कल्पना कटुवाल सर्लाहीका एक मात्र महिला मेयर हुन्। बरहथवा नगरपालिकाको मत परिणाम सार्वजनिक भएसँगै सर्लाहीको २० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ।
 
जसमध्ये नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी (जसपा)ले  दुई, लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) ले एक र नेकपा एमालेले एक पालिका जितेको छ। बरहथवाको वडा नं. १७बmउस मा जेठ ३ गते पुनः दोहोर्याएर मतदान गर्नुपरेकाले यहाँ अरु ठाउँमा भन्दा ३ दिन ढिला गरी मतगणना सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.